सरिता चलाउने, सल्यान
सल्यानका जुनसुकै ठाउँमा सीसी क्यामरा जडान गर्दा अब अनुमति लिएर मात्रै जडान गर्नुपर्ने भएको छ। जिल्लाको जुनसुकै स्थान वा कार्यालयमा सीसी क्यामरा जडान गर्दा पनि अनुमति लिएर मात्र जडान गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय सल्यानले जानकारी दिएको छ।
सीसी क्यामरा जडान गर्दा अनुमति लिनुपर्ने निर्देशिकामै उल्लेख रहेकाले प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सीसी क्यामरा जडान गर्दा प्रशासनबाट अनुमति लिएर मात्र जडान गर्न आग्रह गरेको हो।
अपराध नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न विद्युतिय उपकरणको प्रभावकारिता बढाउन, सीसी टिभीको प्रयोगलाई प्रोत्साहन र व्यवस्थित गर्ने उद्देश्यले तयार गरिएको सीसी क्यामरा जडान गर्दा अनुमति लिएर जडान गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिनुभयो।
सीसी क्यामरा जडान, सञ्चालन कार्यविधि २०७२ अनुसार तोकिएका विवरणसहित जिल्ला प्रशासनमा निवेदन पेश गरी अनुमति लिएर जडान गर्नुपर्ने उहाँले बताउनुभयो। अनुमतिविपरीत कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्ने प्रशासनले सबैलाई सूचनामार्फत जानकारीसमेत गराएको उहाँले बताउनुभयो।
अहिले जिल्लामा धेरैजसो कार्यालय तथा व्यवसायीहरूले सीसी टिभी क्यामरा जडान गरेको पाइएकाले अबका दिनमा अनुमति लिएर मात्र जडान गर्नुपर्ने उहाँले बताउनुभयो। कतिपयले अनुमती लिएर जडान गरेको र कतिपयले अनुमती नलिएरै जडान गरिएकाले अनुमति नलिएकाले पनि प्रशानमा पुगेर अनुमति लिनुपर्ने बताउनुभयो।
उहाँले भन्नु भयो– ‘प्रायले अनुमती लिनुपर्छ भन्नेबारे जानकारी नभएर जडान गरिरहेका छन्, जिल्लामा अहिले अनुमानित आधाले अनुमति लिएको र आधाले नलिएर जडान गरिएको हुनसक्ने भएकाले पहिले सूचनामार्फत जानकारी गराइएको त्यसपछि अनुगमन गर्ने प्रजिअ ढकालले बतानउनुभयो।











प्रतिक्रिया