विदेश लैजान लागेको १९ हजार डलरसहित १ जना समातिए

0
Shares

नेपाल समाचारपत्र
काठमाडौं
काठमाडौँबाट बैंकक लैजान लागेको ३१ वर्षिय ईजरायली नागरिक चाकी बेन मोहा बेनलाई अबैध रुपमा लैजान लागेको अमेरिकि डलर १९ हजार सात सय नगद सहित पक्राउ गरेको छ । अन्तराष्ट्रिय विमानस्थल सुरुक्षामा खटिएको एक प्रहरी टोलीले विहिबार दिउँसो चेकजाँचका क्रममा उनलाई पक्राउ गरेको विमानस्थल सुरक्षा कार्यालयका प्रहरी उपरिक्षक दिनेश राज मैनालीले जानकारी दिनुभयो ।

प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन लिलितपुर पठाएको छ ।