शहिद परिवारलाई गाउपालिकाको सम्मान

0
Shares

सलिम अन्सारी प्युठान ।

सरुमारानी गाउँपालिकाले शहिद परिवारलाई सम्मान गरेको छ । दस बर्षे द्धन्दका बखत राज्य र बिद्रोही पक्षबाट मारिएका शहिदका परिवारलाइ सहिद दिवसको अबसर पारेर सम्मान गरिएको हो।

गाउँपालिका भित्रका नौ शहिद परिवारलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष झग बहादुर बिश्वकर्माले बताए । विभिन्न कालखण्डमा ज्यान गुमाएका पुतला रायमाझी, हरी बहादुर केसी, तिखु मिया, सिमा केसी, हिरा बि.क, जोखी उलुगें, शुवबहादुर बैजाली, रुमा वुढा, मुसाराम धामीको परिवारलाई सम्मान गरिएको उनले जनाए ।

शहीद परिवारलाई दोसल्ला ओढाएर नगद रु बिस हजार सहित सम्मान गरिएको उनले जनाए ।गाउँपालिकाभित्र १३ जना शहिद छन।उनीहरु सवै राज्य पक्षबाट मारिएका थिए।अरुलाई सम्पर्कमा ल्याउन धेरै कोसीस गर्दापनि सम्पर्कमा नआएकाले ९ जना शहिद परिवारलाई सम्मान गरिएको जनाईयो।

सहिद परिवारलाई सम्मान गर्दै गाउँपालिका अध्यक्ष विश्वकर्माले ०५२ सालदेखि यताका द्धन्द्धमा ज्यान गुमाएका, आफन्त नभएका परिवारहरुलाई सम्मान गरिएको बताए । यो नया सोचका ल्यायौं,उनले भने,–‘गाउँपालिकाले गरेको सानो सहयोगले शहीद परिवारलाई राहत हुने विश्वास लिएको छु । ’ आगामी दिनमा शहिद परिवारलाई सम्झदै नयाँ कार्यक्रम ल्याउने समेत सुनाए ।

त्यस्तै पालिकाले सहीदहरुको सम्झनामा वडा नंम्बर २ मा शहिद पार्क निमार्ण गर्ने भएको छ । शहीदहरुको सम्झना सधै झल्किरहोस भन्ने उदेश्यले गेट निमार्ण गर्न लागिएको उनले बताए । प्रबेशद्धार निमार्णका लागि यस आर्थिक वर्षमा गाउँपालिकाले रु ५ लाख रुपैया रकम विनियोजन गरेको गाउँपालिका अध्यक्ष विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिए।