ग्रीनफिल्डमा रक्तदान कार्यक्रम

0
Shares

काठमाडौं, (नेस)
ग्रीनफिल्ड नेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ३७ जना सहभागी भएका छन् । विहीबार कलेज परिसर बाफलमा आयोजित कार्यक्रममा कलेजका शिक्षक/शिक्षिका सहित विद्यार्थीले रक्तदान गरे ।

प्रिन्सिपल बसन्तकुमार भट्टराईले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो ।

सो कलेजको स्नातक तहका सोसियल वर्क विभागका विद्यार्थीको अगुवाईमा हरेक वर्ष रक्तदान सहित विविध सामाजिक क्रियाकलाप हुँदै आएको र यही क्रममा विहीबार रक्तदान कार्यक्रम आयोजना गरिएको कलेज कोर्डिनेटर श्याम साहले बताउनुभयो ।