नेकपाको कर्णाली प्रदेश कार्यालय उद्घाटन

0
Shares

सुर्खेत, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालय आज राजधानी सुर्खेतमा उद्घाटन गरिएको छ ।

प्रदेश कार्यालयको उद्घाटन नेकपाका कर्णाली प्रदेश इञ्चार्ज जनार्दन शर्माले गर्नुभएको हो । उहाँले सो कार्यालयबाट अब प्रदेशका जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा प्रदान गरिने बताउनुभयो । जनताको आस्थाको केन्द्रका रुपमा कार्यालयलाई संस्थागत विकास गर्दै लैजाने उहाँको भनाइ थियो ।

नेकपाका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले विगतको कोठे बैठक सञ्चालन हुने बाध्यताबाट मुक्त भएको जनाउनुभयो । “विधि र पद्धतिबाट चल्दै आएको नेकपाको कर्णाली प्रदेशले कार्यालयको विधिवत् उद्घाटन गरेको छ,” अध्यक्ष बोगटीले भन्नुभयो, “अब सहज र व्यवस्थित ढङ्गबाट कामकारवाही अघि बढ्नेछन् ।”
रासस