सरिता चलाउने, सल्यान ।
जेलबाट भागेर फरार भएका एक व्यक्ति १८ वर्ष पछि पक्राउ परेका छन् । जिल्लाको बन्गाड कुपिन्डे नगरपालिका वडा न ९ स्वाराका वर्ष ३६ का एकेन्द्र बहादुर खड्कालाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको हो ।
भारतको सिम्लामा विहेगरी बसी लुकिछिपि नेपाल आउने जाने गरेकोमा जिल्ला प्रहरी कार्यालय सल्यानबाट खटिएको विशेष टोलीले सोमबार गाउँबाटै पक्राउ गरेको प्रहरी प्रमुख विरेन्द्र बहादुर शाहीले जानकारी दिए ।
२०२७ साल चैत्र २३ गते सल्यान कारागारबाट फलामको ड्रम प्रयोग गरी पर्खाल नाँघी उनी फरार भएका थिए । २०५६ सालमा आफ्नै आमालाई खुकुरी प्रहारगरी हत्या गरेका खड्कालाई जिल्ला अदालत सल्यानले २० वर्ष ४ महिनाको कैद फैसला सुनाएको थियो ।
पक्राउ परेका खड्कालाई जिल्ला अदालत हाजिर गराई भुक्तान हुन बाँकी कैद र कैदी भागेको मुद्यामा थप दुई वर्ष गरी २० वर्ष ४ महिनाका लागि जिल्ला कारागार सल्यानमा पठाइएको प्रहरीले जानकारी दिएको छ ।











प्रतिक्रिया