ग्रामिण स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना

0
Shares

किरन धामी, दार्चुला ।
दार्चुला जिल्लाका ग्रामिण स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भए संगै ग्रामिण क्षेत्रका नागरिकले गाउँघरमै स्वास्थ्य सेवा सहजै रुपमा पाइरहेका छन् ।

विगतमा सामान्य चेकजाचका लागी जिल्ला सदरमुकाम खलंगा आउने गरेका उनिहरु ग्रामिण स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना भए संगै उतैबाट सेवा लिन थालेका छन् । प्रयोगशाला स्थापना भए संगै ग्रामिण क्षेत्रका नागरिकहरु गाउँघरमै स्वास्थ्य सेवा पाए पछि हर्षित भएका छन् ।

जिल्लाको नौगाड गाउँपालिकाका ४ वटा स्थास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना भएका छन् । गाउँपालिका वडा नम्बर ४ सिप्टी, वडा नम्बर २ खार, वडा नम्बर १ इयरकोट र वडा नम्बर ६ धुलीगाडाका स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष प्रेम सिह धामीले जानकारी दिए । ‘नागरिकहरुलाई सहजरुपमा गाउँधरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ति स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला स्थापना गरिएका हुन्, उनले भने’ ।

गाउँपालिका वडा नम्बर ४ सिप्टीमा स्थापना गरिएको प्रयोगशालाको उद्घाटन गरि सेवा सुरु भएको छ, भने खार, इयरकोट र धुलीगाडामा प्रयोगशाला स्थापना भएपनि उद्घाटन गर्न बाँकी रहेको गाउँपालिका स्वास्थ्य संयोजक राजकुमार शाहले बताए । स्वास्थ्य संस्था सिप्टीमा २ जना ल्याब टेक्नीसियन उपलब्ध छन् । खार, इयरकोट र धुलिगाडामा १ ÷१ जना ल्याब टेक्नीसियन रहेको स्वास्थ्य संयोजक शाहले जानकारी दिए ।

सडकमै सवारीचालकको स्वास्थ्य परीक्षण

जिल्ला प्रहरी कार्यालय दार्चुला र अस्थायीय ट्राफिक प्रहरी पोष्ट कार्यालय दार्चुलाले सवारीचालकहरुको सडकमै स्वास्थ्य परीक्षण गरेको छ । दुर्घटना न्युनीकरण गर्ने उद्देश्यले प्रहरीले सवारीचालकहरुको स्वास्थ्य परीक्षण गरेको हो । जिल्ला अस्पताल दार्चुलाको प्राविधिक सहयोगमा सवारीचालकहरुको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरिक्षक एवं सुचना अधिकारी हिक्मत बहादुर बोहराले जानकारी दिए ।

स्वास्थ्य चेकजाचको क्रममा चालकहरुको रक्तचाप र आँखा परीक्षण गरिएको थियो । रक्तचाप र कमजोर दृष्टिका कारण सवारी दुर्घटना हुने गरेकाले चालकको स्वास्थ्य परीक्षण गरिएको उनले बताए ।

दार्चुलाबाट छोटो तथा लामोदुरीमा चल्ने सवारी साधनका चालकहरुको स्वास्थ्य परिक्षण गरिएको उनले जानकारी दिए । जिप, बस, ट्याक्टर, निजि तथा सरकारी सवारी साधनका चालकहरु गरी २७ जनाको स्वास्थ्य परिक्षण गरिएको उनले बताए । स्वास्थ्य परिक्षणका गर्दा २÷३ जना सवारी चालकहरुमा उच्च रक्तचाप भेट्टीको उनको भनाई छ । उच्च रक्तचाप भेट्टीएका सवारीचालकहरुलाई आवश्यक सल्लाहा सुझाव दिएको सुचना अधिकारी बोहराले जानकारी दिए ।

यस अघि पनि जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख नवराज अधिकारीले चालक तथा सहचालकलाई सचेतना मुलक कार्यक्रममा अभिमुखीकरण गर्दै आएका छन् । अधिकारी प्रहरी प्रमुख भएर जिल्ला आए पछि सडक दुर्घटनामा विगतको भन्दा निकै कमी आएको छ । सवारीचालकहरुलाई समय समयमा ट्राफिक नियमको बारेमा जानकारी गराउनुका साथै आवश्यक निर्देशनका कारण सडक दुर्घटनामा कमी आएको हो ।