प्रदेशले दिएको बिदा सरकारी कार्यालयमा लागू हुने कि नहुने ?

0
Shares

काठमाडौं (नेस)
प्रदेश सरकारले शहिद दिवसको अवसरमा दिने भनिएको बिदा सरकारी कार्यालयहरुमा लागू हुने वा नहुने अन्यौल देखिएको छ।

अन्यौलले प्रादेशिक संरचनाप्रति सरकारी कार्यालयका कर्मचारीहरुप्रति अविश्वासको प्रश्न पुनः उठ्ने अवस्था निम्त्एिको छ । माघ ९ गते बसेको मन्त्रिपरिषद बैठकले शहिद दिवसमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। शहिद दिवस प्रदेश ३ को मात्र हो र भन्ने प्रश्न विभिन्न तहबाट उठिरहेको समयमा दिइएको बिदा पनि कार्यान्वयन नहुने अवस्थाले प्रादेशिक संरचनाको अभ्यासलाई कमजोर तुल्याइएको अर्थमा पनि लिइएको छ ।यसअघि अरू प्रदेशले बिदा दि“दा पनि केन्द्र मातहत रहेका सरकारी कार्यालय बन्द भएका थिएनन् ।

बुधबार दिइएको बिदा पनि यस अघि विभिन्न प्रदेशले दिएको बिदा झै घोषणामा मात्र सीमित हुने स्थिति देखिएको छ । यसले गर्दा प्रदेशमा रहेका विभिन्न सरकारी कार्यालय, जिल्ला प्रशासन कार्यालय र त्यहा“का कर्मचारीहरु प्रदेश मातहत नभएको बहस यो बिदासंगै पुन उठ्ने भएको छ ।

यसैबीच गृह मन्त्रालयले प्रदेशले दिएको बिदा केन्द्र मातहतको कार्यालयमा लागू नहुने बताउनुभयो । तर प्रदेश ३ का आन्तरिक मामिला मन्त्री सालिकराम जमरकट्टेलले प्रदेशले दिएको बिदा प्रदेशभर लागू हुने दाबी गर्नुभयो । उहा“ले भन्नुभयो ‘प्रदेशले सार्वजानिक बिदा दिएको हो, प्रदेशभर लागू हुन्छ । बिदाको निर्णय हामीले गृह मन्त्रालयमा बोधार्थसमेत दिएका छौं।’

आफूहरू संघीय सरकार मातहत भएका कारण प्रदेश सरकारको निर्णय मान्न बाध्य नहुने तर्क गर्दै प्रमुख जिल्ला अधिकारीहरूले प्रदेश सरकारलाई नै चुनौती दि“दै आएको छ ।