नेपाल समाचारपत्र, काठमाडौं ।
हृदयघातका कारण नर्भिक अस्पतालमा उपाचार गराइरहेका पारसको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
आज आयोजीत पत्रकार सम्मेलनमा उनी अझै खतरामुक्त भैनसकेको बताइएको छ ।
पाटनमा रहेका उनलाई हिजो एक्कासी छाती दुखेका कारण उनलाई साँझ अस्पताल भर्ना गरिएको थियो । आकस्मिक कक्षमा स्वास्थ्य परीक्षण पश्चात उनलाई तत्कालै क्याथल्यावमा सारेर कोरोनरी एन्जियोग्राम गर्दा मुटुको धमनी पूर्ण रुपमा बन्द रहेको पाइएको थियो ।
पारसको उपचारमा प्राडा. यादवदेव भट्ट लगायतको टोली संलग्न रहेको छ । हृदयघात उनको बंशाणुगत रहेको बताइएको छ ।
सिमरा रहेका पूर्वराजाले भने दुईपटक फोन गरेर उनको स्वास्थ्य स्थितीको खबर लिएको बताइएको छ । आमा कोमल भने हिजो नै गाडीमा फर्केकि थिइन् ।
प्रतिक्रिया