दुई राप्रपा एक हुँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच एकीकरण हुने भएको छ । १८ माघमा काठमाडौंको राष्ट्रिय सभागृहमा एकता घोषणा हुने राप्रपा प्रजातान्त्रिकका प्रवक्ता राजेन्द्र गुरुङले जानकारी दिए ।

एकीकृत पार्टीमा राणा र लोहनी दुबै अध्यक्ष रहनेगरी सहमति भएको बताएको छ । दुई अध्यक्षबीच मंगलबार नै एकतासम्बन्धी सहमतिमा हस्ताक्षर हुँदैछ ।

कमल थापा नेतृत्वको राप्रपासँगको एकता अन्तिम समयमा भाँडिएपछि दुई पार्टी एक हुन लागेको हो ।