३ दिने महोत्सवमा आयोजीत रक्तदान सम्पन्न

0
Shares

काठमाडौं, (नेस) ।
काठमाडौँको टुँडीखेलमा नेपाल राष्ट्रिय खड्गी समाजले अायाेजना गरेको ३ दिने खड्गी महत्सव सम्पन्न भएको छ । प्रमुख अतिथिको रुपमा उपस्थित गृहमन्त्री रामबहादुर थापा (बादल) ले उद्घाटन गर्नुभएको उक्त महोत्सवमा खुल्ला रक्तदान कार्यक्रमको काठमाडौं सक्रिय युवा समूहले आयोजना गरिएको थियो ।

रक्तदान कार्यक्रममा ४० जना भन्दा बढिले रक्तदान गरेका थिए। उक्त रक्तदान कार्यक्रममा पूर्व प्रहरी एआइजीपी बिजयलाल कायष्ठ, जापानबाट पाल्नु भएका स्वंयम सेविका मिकाको किताडे लगायत अन्य अतिथिहरुको उपस्थिती रहेको थियो ।

रक्तदानमा उपस्थित सम्पुर्ण रक्तदाताहरुलाई जुस, फलफूल तथा खाजाका साथै प्रमाणपत्र वितरण पनि गरिएको थियो । समूहका अध्यक्ष विजयरत्न खड्गेले आयोजीत महोत्सव तथा रक्तदान कार्यक्रममा सहभागी भएर रक्तदान गरिदिने सम्पूर्णलाई धन्यवाद ज्ञापन समेत गर्नुभएको थियो ।