पारसको स्वास्थ्य अवस्था गम्भिर भएको खबरपछि पूर्वरानी गाडीबाटै काठमाडौं आउँदै

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
पूर्वयुवराज पारस शाहलाई हृदयघात भएपछि सिमरामा रहेको उनकी आमा तथा पूर्वरानी कोमल गाडीबाटै काठमाडौं हिड्नुभएको छ ।

हवाइ जहाजको टिकट नपाएका कारण उहाँका सहयोगी सुदन थापले गाडीबाटै काठमाडौँ ल्याउन आँटेका हुन ।

बुबा ज्ञानेन्द्र भने मंगलबार बिहान हवाइ जहाजबाटै आउने तयारी गर्नुभएको प्रहरीले जनाएको छ ।

कोमल र ज्ञानेन्द्र भ्रमणका निम्ति सिमरामा पुग्नुभएको थियो ।