पारस बने एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
नेपाली क्रिकेट खेलाडीका कप्तान पारस खड्काले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।
युएईविरुद्धको अन्तिम तथा तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा कप्तान पारसले शतक बनाएका हुन् । योसँगै उनी एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । उनले ९६ बलमा १०० रन बनाउँदै शतक पूरा गरेका हुन् । शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।

कप्तान पारस खड्काले एक दिवसीयमा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।