पूर्वयुवराज पारस शाहलाई हृदयघात, अस्पताल भर्ना

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।

पूर्वयुवराज पारस शाहलाई हृदयघात भएको छ । उनलाई सोमबार अपरान्ह सवा ४ बजे नर्भिक अस्पतालमा भर्ना गरिएको बताइएको छ ।
स्रोतका अनुसार उनलाई मेजर हृदयघात भएको हो। उनलाई आइसियुमा राखेर उपचार गरिरहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

केही वर्षअगाडि पनि उनलाई हृदयघात भएर नर्भिक अस्पतालमै उपचार गरिएको थियो।

आजै मात्र उनले ललितपुर मंगलबजारस्थित कोपितेश्वर महादेव र हिरण्यवर्ण मन्दिरमा पूजाअर्चना गरेका थिए।

उनले मन्दिर परिसरमा करिब डेढ घण्टा बिताएका थिए।

श्रीमतीसँग लामो समय छुट्टिएर बसेका उनी केही समययता भने परिवारसँग घुलमिल भइरहेका थिए।