दिपक मनाङ्गेले लिए सपथ

0
Shares

विजय नेपाली पोखरा ।
दिपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङले प्रदेशसभा सदस्यको सपथ लिएका छन् । गण्डकी प्रदेशका प्रदेशसभा सभामुखले मनाङेलाई सपथ खुवाएका हुन् ।
मनाङ्गे मनाङको प्रदेशसभा ख बाट निर्वाचित भएका थिए । स्वतन्त्र उम्मेदवार बनेका उनलाई वाम गठबन्धनले समर्थन गरेको थियो ।

तर, ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण सपथ लिन नपाएका उनले आज सपथ लिने भएका हुन् ।

उनी आठ महिना जेल पनि बसेका थिए ।