प्रचण्डकी पत्नी सीता दाहालको डिस्चार्ज

0
Shares

काठमाडौँ (नेस) । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

माघ ६ गतेदेखि ललितपुरस्थित सुमेरु अस्पतालमा भाइरल ज्वरोको उपचार गराएपछि उनको स्वास्थ्यमा सुधार आएको हो ।

अस्पतालले उनलाई सोमबार दिउँसो २ बजे डिस्चार्ज गरेको हो ।

उपचारमा संलग्न चिकित्सक डा. अशोक शर्माका अनुसार जनरल वार्डमा उनको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएकाले डिस्चार्ज गरिएको हो ।