मोरङको सुन्दर हरैचामा कर्फ्यू जारी, आधा दर्जन ट्रिपर जले

0
Shares

विराटनगर ।
ट्रिपरको ठक्करबाट वालिकाको मृत्यू भएपछि मोरङको सुन्दरहरैंचा नगरपालिका–९ तनावग्रस्त बनेको छ । बालिकाको मृत्यू पछि आक्रोसित बनेका स्थानीयले आधा दर्जन बढी ट्रिपरमा आगजनी गर्दै प्रदर्शनमा उत्रिएपछि स्थानीय प्रशासनले विराटचोकदेखि बेलेपुरसम्म निषेधाज्ञा जारी गरेको छ ।

घटनाले उग्र रुप लिएपछि विराटचौक–बेलेपुरसम्मको तीन किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारी गरेको मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो । विराटचौक, सिसौघारी, बेलेपुर र आसपासका क्षेत्रलाई लक्षित गरेर सोमबार विहान ११ः१५ बजेबाट निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञाका वावजुद स्थानीयले मृतक वालिकाको शव सडकमै राखेर प्रदर्शन गरिरहेको छन् । आधा दर्जन टिपरमा आगजनीको घटनापछि जिल्ला सुरक्षा समिति मोरङ आकस्मिक बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । अर्को आदेश नभएसम्मलाई निषेधित क्षेत्र घोषणा गरिएको जनाइएको छ ।

स्थिति तनाबग्रस्त हुँदै गए कर्फ्यू आदेशसमेत जारी गर्नेबारे समेत छलफल भइसकेको सुरक्षा श्रोतले जनाएको छ । निषेधाज्ञाको सूचना गराइएपनि स्थानीयले प्रदर्शनलाई भने जारी नै राखेका छन् । सोमबार विहान बिराटचौकबाट सुन्दर हरैंचातर्फ गइरहेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिंदा सुन्दरहरैंचा–९ की ११ वर्षीया लक्ष्मी ढकालको मृत्यु भएको थियो । बाटो कट्दै गरेकी बालिकाको टिपरको ठक्करका कारण घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बालिकाको मृत्यूपछि आक्रोसित बसेका त्यहाका स्थानीयले ठक्कर दिने ट्रिपरसहित उक्त सडक खण्डमा गुडिरहेका अन्य ट्रिपरहरुलाई समेत रोकेर आगजनी गरेका छन् । आगजनीबाट को १ ख ५८३३ र को १ ख ६४६३, को १ ख ६५६३ नम्बरको ट्रिपरको मात्रै नम्बर खुलेको छ ।

ट्रिपरमा लागेको आगो निभाउन गएको दमकललाई स्थानीयले अवरोध गरेपछि ट्रिपरहरु जलेर पूर्ण रुपमा नष्ट भएका छन् । ट्रिपरले ११ वर्षिया वालिकाको ज्यान लिएपछि आक्रोसित सर्वसाधारणले जलाएका ट्रिपर कस कसको थिए भनेर खुल्दै गएको छ । वालिकालाई ठोक्काएर ज्यान लिने ना ३३ ख ३३५५ नम्बरको ट्रिपर विराटनगरका गोपाल शाहको रहेको खुलेको छ । क्रसर व्यवासायी भिम पौडेलको एउटा हाइवा पनि जलेको छ भने केराबारी गाउँपालिकाका गोपाल कार्कीका पनि २ वटा ट्रिपर जलेका छन् । गोपाल केराबारी गाउँपालिका अध्यक्ष रोहित कार्कीका भाई हुन् ।

आक्रोसित सर्वसाधारणले प्रहरीकै सामुन्नेमा ट्रिपरहरु जलाएका थिए । आक्रोसले सिमा नाघेसँगै निरिह बनेको प्रसासनले सुन्दरहरैँचा स्थित विराटचौकमा कर्फूयु आदेश जारी गरेको छ । जिल्ला प्रसासन कार्यालय मोरङले ११ः१५ बजेदेखि अनिश्चितकालिन कर्फयु आदेश जारी गरेको हो । दक्षिणमा बेलेपुर,उत्तरमा विराटचौक,पश्चिममा वुधबारे र पुर्वमा सुकुना क्याम्पससम्मको क्षेत्रमा प्रसासनले कर्फ्यु आदेश जारी गरेको हो ।

आक्रोसित स्थानियको ठुलो संख्यामा सडकमा उत्रिएपछि प्रहरी प्रसासन भिड सामु निरिह बनेको छ । आक्रोसित भिडले ७ वटा ट्रिपर आफ्नै आँखा अगाडी जल्दा पनि प्रहरी निरिह बनेको थियो। मोरङको सुन्दरहरैंचा नगरपालिकामा ट्रिपरको ठक्करबाट वालिकाको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको हो ।

स्थानियले वालिकाको शव पनि घटनास्थलमै राखेर नारा जुलुस गरिरहेका छन् । बिराट चौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिकाको मृत्यु भएपछि आक्रोशित स्थानीयले ७ वटा ट्रिपर जलाएका छन् । घटना विरुद्ध सडकमा उत्रिएका आक्रोसित स्थानियको संख्या अत्यधिक ठुलो छ ।

राजमार्ग क्षेत्रमा रहेका प्रहरी कार्यालय, प्रदेश प्रहरी, ससस्त्र प्रहरी बलबाट ठुलो संख्यामा प्रहरी परिचालन भएका छन् । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा को ठक्करबाट स्थानीय ११ बर्षिया बालिका लक्ष्मी ढकालको घटनास्थलमै मृत्यु भएको थियो । ठक्कर दिई भागेको ट्रिपर आफै अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । आक्रोसित स्थानीय वासिन्दा सोही ठाउँमा गएर ट्रिपर जलाएका छन् । आक्रोससित स्थानियले सडकमा गुडेका अन्य सात वटा ट्रिपरमा आगजनी र तोडफोड गरेका छन् ।