प्रतिनिधिसभाका भन्दा राष्ट्रियसभाका मन्त्रीलाई सजिलो

0
Shares

गंगा बराल, काठमाडौं ।
प्रतिनिधिसभाका भन्दा राष्ट्रियसभाका मन्त्रीलाई सजिलो भएको छ । मन्त्रीले विधेयक प्रस्तुत गर्ने बेलामा विपक्षीहरुको सामना गरिरहनुपरेको छ ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा कांग्रेस सांसदहरुले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेललाई बाटो छेकेपछि उहाँले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ प्रस्तुत गर्न पाउनुभएको थिएन । प्रतिनिधिसभामा भने मन्त्री छेक्न सजिलो छ तर राष्ट्रियसभामा भने मन्त्री बस्ने स्थान र प्रमुख प्रतिपक्षी दलका सांसद बस्ने स्थान ठीक वारी र पारी भएकाले हत्तपत्त छेक्न सक्ने सम्भावना हुँदैन ।

मन्त्री बसेको ठाउँ र रोस्टर्म सँगैजस्तो भएकाले पनि मन्त्रीलाई सजिलो भएको हो । कांग्रेस सांसदहरु रोस्टर्मको बीच भागसम्म आइपुग्दा मन्त्री रोस्टर्म पुगिसकेका हुन्छन् ।