निर्मलाको ‘भजाइनल स्वाब’ को डीएनएको वैधानिकता सार्वजनिक

0
Shares

नेपाल समाचारपत्र, कञ्चनपुर ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको ‘भजाइनल स्वाब’ को डीएनएको वैधानिकता सार्वजनिक भएको छ ।
निर्मलाको शवबाट निकालिएको ‘भजाइनल स्वाब ’ को डीएनए र निर्मलाकी आमा दुर्गादेविको डीएनए मिलेसंगै निर्मलाको डीएनए वैधानिक ठहरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी कृष्णराज ओझाले निर्मलाको डीएनए र उनकी आमाको डिएनए मिलेको जनाएका छन् ।
निर्मलाको डीएनएमाथि चौतर्फी प्रश्न उठ्न थालेपछि तथा हिजो मात्रै मानवअधिकार आयोगले ‘भजाइनल स्वाब’ संकलन नै त्रुटिपूर्ण भएको रिपोर्ट सार्वजनिक गरेपछि प्रहरीले निर्मलाको डीएनए वैधानिक रहेको पुष्टि गरेको छ ।
निर्मलाकी आमा दुर्गादेविले गत पुस २५ मा डिएनएको वैधानिकता जाँच आफ्नो रगतको नमूना दिइकी थिइन ।