नेपाल समाचारपत्र, काठमाडौ ।
संघीय संसदको प्रतिनिधि सभाबाट होहल्लाबीच पास भएको चिकित्सा शिक्षा बिधेक आज राष्ट्रिय सभाबाट पारित गराउने तयारीमा सरकार लागेको छ । आजको बैठक शुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बिधेयक पारित हुन नदिन होहल्ला गरेपछि बैठक अबरुद्ध भएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठकमा उक्त बिधेक प्रस्तुत गर्न अनुमति दिएपछि कांग्रेसका सांसदहरुले बैठकमा होहल्ला गर्दै बेल घेराउ गरेका छन । बाक्लो रुपमा मर्यापालकलाई परिचालन गरिएको छ । बैठकमा अप्रिय घटना हुन नदिन सरकारले सबै सुरक्षाका उपाय अवलम्वन गरेको छ ।
कांग्रेसका सांसद बद्री पाण्डेले बिधेयक फिर्ता लिन आग्रह गरेपछि बैठकमा सांसदहरुले बैठक अवरुद्ध पारेका थिए ।











प्रतिक्रिया