उपत्यका बिकास प्राधिकरण खारेज गर्न काठमाडौ महानगरपालिकाको माग

0
Shares

काठमाडौं । हरेक काममा बाधा अड्चन गर्दैै आएको उपत्यका बिकास प्राधिकरण खारेज गर्न काठमाडौं महानगरपालिकाले माग गरेको छ । महानगरापालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना नै गरेर उक्त आह्वान गरेको हो । महानगरपालिकाले भनेको छ अब प्राधिकरणको औचित्य छैन । महानगरपालिकाले संघीय सरकारलाई उक्त संस्था बिघटन गरेर महानगरपालिकालाई काम गर्ने बातावरण बनाइदिन पनि आग्रह गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले काम गर्न लाग्यो प्राधिकरण आएर डिस्र्टभ मात्रै गर्छ,‘स्थानीय तहको समस्या स्थानीय तह नै समाधान गर्न सक्षम भएकाले यस्ता संस्थाको जरुरत छैन भन्नुभयो । डंगोलले भन्नुभयो – प्राधिकरण खारेजका लागि सरकारसँग आग्रह गर्दै छौ ।
यी दुई संस्थाबीच भौतिक संरचना निर्माणमा पटक पटक बिवाद हुदै आएको छ ।