बैंकको ब्याजदरविरुद्ध उद्योगी व्यवसायी आन्दोलित



नेपाल समाचारपत्र, विराटनगर
बैंकहरुले मनपरी ढंगले आफूखुसी ब्याजदर बढाएको भन्दै आन्दोलित बनेका मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरुले आइतबार पहिलो चरणअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङ र राष्ट्र बैंक विराटनगर शाखामा ज्ञापनपत्र बुझाएका छन् ।

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनको पहिलो चरणअन्तर्गत प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक विराटनगरका प्रमुखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको शुरुवात गरेका हुन् । बैंकले १२ देखि १८ प्रतिशतसम्म ब्याजदर पु¥याएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । प्रथम चरणका कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगरस्थित नेपाल राष्ट्रबैंकलगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

यस्तै उनीहरुले माघ २० देखि २३ गतेसम्म हरेक दिन धर्ना दिने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । माग सम्बोधन नभए दोस्रो चरणमा माघ २४ गते सम्पूर्ण उद्योग व्यवसायको सा“चो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेर निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिनुभयो । बैंकको ब्याजदरले पलायन हुनुभन्दा जस्तोसुकै मूल्य चुकाउन आफूहरु तयार रहेको उहा“ले बताउनुभयो।

हामीलाई आन्दोलनमा जान बाध्य बनाइयो उनले भने बैंकको चर्काे ब्याजदरका कारण उद्योग व्यापारबाट पलायन हुनुभन्दा हामी जस्तो सुकैमूल्य चुकाउन तयार छांै । आफूका माग सम्बोधन नहुन्जेल आन्दोलनबाट विश्राम नलिने पनि उहा“ले बताउनुभयो ।
प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएको भन्दै संगठन र संघ आन्दोलित भएका हुन् । संघ र संगठनले संयुक्त रुपमा मोरङका प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक मार्फत ज्ञापन बुझाएर सांकेतिक रुपमा आन्दोलनको गरेका हुन् । बैंकको बढ्दो ब्याजदरकै कारण उद्योगहरु संकटग्रस्त भएको उनीहरुको भनाइ छ ।

आफूहरुले लगानीमैत्री वातावरण बनाउन पटकपटक सवै सरोकारवालाहरुलाई सुझाव दिएको भए पनि सरकारले आफूहरुका मागप्रति बेवास्ता गरेको अध्यक्ष घिमिरेले गुनासो गर्नुभयो ।

पछिल्लोपटक बैंकहरुले वृद्धि गरेको ब्याजका कारण लगानीकर्ताहरु हतोत्साहित भएको उद्योगीहरुको भनाइ छ् । मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष सुनिल टिब्रेवालले केही महिनाअघि दुवै संस्थाले प्रधानमन्त्रीसहितका सरोकारवाला मन्त्रीहरुलाई भेटेर लगानीमैत्री वातावरण बनाउन सुझाव दिएको तर सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले विरोधमा उत्रन बाध्य भएको उहा“ले बताउनुभयो ।

नेपाल राष्ट्रबैंक मार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न माग समेत गरेका छन् । ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकायमा तत्काल हुबहु पठाउने नेपाल राष्ट्र बैंक विराटनगर शाखाका निर्देशक विनोद आचार्यले बताउनुभयो । मोरङ, सुनसरी औद्योगिक करिडोरमा साना–ठूला गरी ६ सयभन्दा बढी उद्योगहरु सञ्चालनमा छन् । ती उद्योगमा ८० हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्