माघ २१ गते सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने कांग्रेसको निर्णय

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।
प्रमुख विपक्षी नेपाली कांग्रेसले माघ २१ गते सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले ७७ जिल्लामा आन्दोलन चर्काउने निर्णय गरेको हो ।आफ्नो विरोधकाबीच चिकित्सा शिक्षा विधेयक पारित गरेको तथा पार्टीका नेताद्धय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले खबरदारी गर्ने निर्णय गरेको हो ।

पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सबै जिल्लामा एकसाथ प्रर्दशन गरिने पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकासँग माग पनि गरेको छ ।