नेविसंघले स्ववियुमा अरु संगठनसँग सहकार्य गर्ने

14
Shares

काठमाडौं, (नेस) ।
नेपाली कांग्रेस (विपी) को भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आगामी स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा विचार मिल्ने अन्य विद्यार्थी संगठनसँग सहकार्य गर्ने निर्णय गरेको छ ।

त्रिभुवन विश्वविद्यालयले स्ववियु निर्वाचन गर्ने तयारी थालेपछि शनिबार बसेको नेविसंघको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष अन्जान लामाले बताउनुभयो । लामाले स्ववियु निर्वाचनमा सबै क्याम्पसमा भाग लिने तयारी भएको बताउनुभयो ।

‘हामी निर्वाचनबाट भाग्दैनौं, हारिन्छ वा जितिन्छ भन्ने कुरा होइन’ लामाले भन्नुभयो ‘ अबको हाम्रो कार्यक्रम जिल्ला समिति बिस्तार र निर्वाचनको तयारी नै हो ।’ पार्टी नेता, विभिन्न भ्रातृ तथा शुभेच्छुक संगठनका पदाधिकारीको समेत सहभागितामा भएको बैठकले संगठन बिस्तार समिति, आर्थिक संकलन समिति, प्रचार प्रसार समिति, भावी रणनीति निर्माण समिति गठनको समेत प्रक्रिया अघि बढाएको छ । बिधान मस्यौदा समितिमा महामन्त्री राज महर्जन, पार्टी प्रवक्ता देबेन्द्रराज पौडेलसहित नेताहरु रहनुभएको छ ।

बैठकले रत्नकुमारी गड्तौला (यमुना), पुजन राउत र प्रिस्का श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । दिनेश तामाङलाई दोलखा अध्यक्षको जिम्मेवारीसमेत दिइएको छ ।