दुर्घटना न्यूनीकरणका लागि टिप्पर र ट्रकमा टाईम कार्ड

0
Shares

यमलाल भुसाल, बुटवल ।
प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा टिप्पर र ट्रकको लागि टाईम कार्ड लागु गरिएको छ ।

बढ्दो दुर्घटनालाई न्यूनीकरणगर्नका लागि प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले आईतबार देखि टाईम कार्ड लागु गरेको छ ।

टिप्पर र ट्रक सवारी साधनहरुका कारण सडक दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले टाईम कार्डलाई अनिवार्य गराएको हो ।

निश्चित समय र स्प्रीडमा मात्र टिप्पर र ट्रकहरुलाई सडकमा गुड्न दिने गरी टाईम कार्ड अनिवार्य गराईएको प्रदेश ट्राफिकप्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताउनु भयो ।

रुपन्देहीको सिद्वावावाबाट आउने जाने टिप्पर र ट्रकले अनिवार्य टाईम कार्ड लिनुपर्ने र टाईम कार्ड नभए कानुन अनुसार कारवाही गरिने प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताउनु भयो ।

टाईम कार्ड अनुसार चालकहरुले टिप्पर र ट्रक नचलाएमा कारवाही गरिने छ ।

टाईम कार्ड अनुसार अब सडकमा टिप्पर र ट्रक गुडाउंदा ३० को स्प्रीड भन्दाबढी स्प्रीडमा गुडाउन पाईने छैन, भने चालकले तोकेको स्थानमा अनिवार्य टाईम कार्ड देखाई इन्ट्रीगर्नुपर्ने छ ।

सिद्ववावादेखि धागो कारखानाको ७ किलो मिटर दुरीको लागि ३० को स्प्रीडमा २१ मिनेट, धागोकारखाना रामनगरदेखि नवलपरासीको सुनवलसम्मको २३ किलो मिटर दुरीको लागि ४६ मिनेटको समय तोकिएको छ ।

नवलपरासीको सुनवलदेखि बर्दघाटको १७ किलो मिटरको दुरीको लागि ३४ मिनेट, सिद्वावावा देखि मंगलापुरको १५ किलो मिटरको दुरीको लागि ३० मिनेट, मंगलापुरदेखि भैरहवाको अञ्चलपुर सम्मको ९ किलोमिटरको दुरीको लागि १८ मिनेट समय तोकिएको छ ।

त्यस्तै गोरुसिङे मुर्गियाको ३२ किलो मिटरको दुरीकालागि ६४ मिनेट, मुर्गियादेखि धागो काराखाना रामनगर सम्मको २० किलो मिटरको दुरीको लागि ४० मिनेट र मुर्गियादेखि मंगलापुर सम्मको २४ किलो मिटरको दुरीको लागि ४८ मिनेट समय तोकिएको प्रदेश ट्राफिकप्रहरी कार्यालयको टाईम कार्डमा समय तोकिएको छ ।

प्रदेश ट्राफिकप्रहरी कार्यालयले आईतबार चालकहरुलाई टाईम कार्ड वितरण गरी उक्त टाइम कार्डबारे प्रशिक्षण समेत दिएको छ ।