जग्गाको मोहडा मिलाउने षडयन्त्रमा बोल्न नसक्ने लाटा किसान मर्कामा

0
Shares

जन प्रतिनिधी कानुनी रुपमा मिलाउने भन्दा बल्झाउनेमा

यमलाल भुसाल, बुटवल ।

वोल्नेको पिठो विक्छ नवोल्नेको चामल पनि विक्दैन भन्ने उखान बुटवलको एक गाउँमा मेल खाएको छ ।

आफनो जग्गाको मोहडा मिलाउनका लागि गरीव तथा वोल्न नसक्ने लाटा किसानको जग्गा सस्तो मुल्यमा खरिद गरी ति किसानले पाउनु पर्ने जग्गा नपाएको घटना सार्वजनिक भएको छ ।

बुटवल उपमहानगरपालिका वडा नम्बर १४ को बेलवरियामा रहेका ३ थारु राजुभाईको घरमा यो घटना भएको छ । विस २०६४ साल चैत्र १६ गते आमा वनकरी चौधरीको मृत्यु भएपछि आमाको नाममा रहेको ३ कठृा जग्गा नीजका छोरा ३ दाजुभाईले पाउनु पर्नेमा लामो समयसम्म नपाएको र यही २०७५ साल जेष्ठ ५गते आमाको नामको जग्गा ३ दाजुभाईको नाममा नामसारी गर्ने गरि स्थानियमा सहमती गरिएको छ ।

स्थानियको सहमती अनुसार आमालाई पालेको कान्छो भाई लाटे दंगौरियालाई साढे १ कठृा माईलो भाई सहसराम दंगौरियालाई १ कठृा र जेठो दाजु परर्शुराम दंगौरियालाई १० धुर दिने गरी समाजले निर्णय गरेको थियो ।
समाजको निर्णय अनुसार काम गर्ने गरी वडा कार्यालय गएका थारु दाजुभाईलाई स्थानिय जग्गाको कारोवार गर्ने टाठा वाठाहरु र वडाका वडा अध्यक्षको मिलोमतोमा थारुहरुलाई अन्य स्थानको जग्गा मिलाई दिने गरि १५ लाखमा उनिहरुको ३ कठृा जग्गा स्थानिय इन्द्र प्रसाद पौडेलले खरिद गरेको देखिएको छ ।

थारु दाजुभाईको जग्गा ईन्द्र प्रसादको नाममा गत जेष्ठ ६ गते नामसारी गरिएको छ । तर ईन्द्र प्रसादले खरिद गरेको जग्गा संगै अर्जुन भुसालको जग्गा रहेकोले सोही जग्गाकोमोहडा मिलाउने षडयन्त्रमा अर्जुनको नाममा रहेको अन्य स्थानको जग्गा थारु दाजुभाईलाई दिने नाटक मन्चन भएको देखियो ।

सोही अनुसार लाटे दंगौरियालाई साढे १ कठृाको नाममा १ कठृा १७ धुर जग्गा दिईएको छ तर जेठो र माईलाले पाउने जग्गा अहिले सम्म नपाएको माईलो थारु सहसराम दंगौरियाले गुनासो गरेका छन ।
थारु दाजुभाईमा जग्गा लिन पहिलाको सहमती कार्यान्वय नभएपछि लाटे बाहेकका दुई भाई थारु को नाममा जग्गा उपलब्ध गराउन समस्या भएको र दाजुभाईमा सहमती भएमा एकै दिनमा समस्या समाधान गर्न सकिने वडा अध्यक्ष दधिराम न्यौपानेले बताउनु भयो ।

जग्गाको कारोवार गर्ने अर्जुन ,ईन्द्र र वडा अध्यक्ष न्यौपानेको मिलोमतोमा ११ वर्षसम्म आमाको नामको जग्गा नपाएका थारु दाजु भाईलाई एक दिनको अन्त्तरमा चौकिला, नामसारी र खरिद विक्री गरिनुले पनि उक्त जग्गामा ठुलो आर्थिक चलखेल भएको स्पष्ट देखिन्छ ।

सोसम्बन्धमा वडा अध्यक्ष न्यौपानेले थारु दाजुभाईको जग्गा नमिलेकोले उनिहरुलाई अर्जुनको जग्गा दिलाईदिनका लागि सहजीकरण गरेको बताउनु भयो । उनिहरुको जग्गा नमिलेकाले अभिभावकको हिसावले ईन्द्रलाई विक्री गरि सोको सटृा अर्जुनको जग्गा दिलाउन पहल गरेको समेत वडा अध्यक्ष न्यौपाले बताउनु भयो । जनप्रतिनिधी जस्तो व्यक्तिले कानुनी उपचार गर्नुको साटो नमिलेको जग्गा भनी अकैको जग्गाको मोहडा मिलाउन भित्री रुपमा चलखेल गरेको आशंका गर्ने प्रसस्त संभावना देखिन्छ ।

उत्ता जग्गा खरिद कर्ता ईन्द्रले थारु दाजुभाई बीच मनमुटाप भए आफूले जग्गा फिर्ता गर्न तयार रहेको बताउनु भयो । लाटे दंगौरियाको छोरा बिशाल दंयौरियाले बुवासंग अंश खोज्दा थाहा भयोकी हजुर आमाको नामको जग्गा नभई अकै स्थानको जग्गा आफनो बुवालाई नामसारी गरी राम्रो स्थानको जग्गा अकैलाई दिएको खुलासा भएको बताउनु भयो । वोल्न नसक्ने लाटा बुवा आमालाई फसाई जग्गामा वदमासी गरिएको गुनासो विशालले गर्नु भएको छ ।

सो सम्बन्धमा स्थानिय समाज सेवी नर बहादुर मल्लले वडा अध्यक्षले जालसाजी गरि पीडितलाई अन्याय गरेकोले आफूहरुले न्यायका लागि पहल गरेको बताउनु भयो ।