सेनाका परिवारले व्यवसाय सञ्चालन गरे विना धितो ऋण पाउने

0
Shares

धनवीर दाहाल,रुकुम
व्यवसाय सञ्चालन गर्न चाहने सेनाका परिवारले बिना धितो ऋण पाउने भएका छन् । अवकाश प्राप्त अर्थात भूतपूर्व सैनिक, तिनका आश्रित परिवार तथा बहालवाला सैनिकका परिवारले व्यवसाय सञ्चालनका लागि विना धितो ऋण पाउने भएका हुन् ।

व्यवसाय सञ्चालन गर्न चाहने भूपू सैनिक, तिनका परिवार तथा बहालवाला सैनिकका परिवारका सदस्यले सैनिक कल्याणकारी कोषको सिफारिसमा नेपाल इन्भेष्टमेन्ट बैंक मार्फत ऋण पाउने छन् । तर निश्चित रकम सम्मको ऋणमा मात्रै धितो नलाग्ने जनाइएको छ । नेपाली सेनाको नरसिङ दल गणका गणपति प्रमुख सेनानी दिनेश गौतमले निश्चित तोकिएको ऋण लिनेका लागि धितो नलिइने प्रावधान रहेको जानकारी दिनुभयो ।

उक्त ऋणका लागि ऋणिले कुनै धितो राख्नुपर्ने छैन । यसैगरी २ देखि ३ लाख रुपैया“ सम्मको ऋण लिन चाहनेले उद्योग÷व्यवसाय दर्ता गर्नुपर्ने छ भने प्यान नम्बर पनि अनियवार्य लिनुपर्ने छ । २ देखि ३ लाख रुपैया“ ऋण लिनेले पनि विना कुनै धितो स्वःत ऋण पाउनेछन् । ४ देखि ७ लाख लाख सम्मको ऋण लिनेले मात्रै धितो राख्नुपर्ने व्यवस्था रहेको छ । घर तथा जग्गा धितो राख्दा त्यसको मूल्याकन नेपाल इन्भेष्टमेन्ट बैंकले गर्ने छ ।

व्यवसाय सञ्चालनका लागि यस जिल्लाका ४० जनाले व्यवसायिक तालिम लिएका छन् । बाख्रा पालन व्यवसायका लागि ८ जना भूतपूर्व सैनिक, ३ जना भूतपूर्व सैनिकका परिवारका सदस्य र २९ जना बहालवाला सैनिकका परिवारका सदस्यले तालिम लिएका छन् ।

तालिम लिइसकेकाहरुले ऋण प्राप्त गर्नेछन् । त्यसका लागि व्यवसाय सञ्चालनको प्रस्ताव सहित निवेदन दिएपछि उनीहरुलाई ऋण प्रवाहको सिफारिस दिइनेछ । व्यवसाय गर्न चाहने र व्यवसायिक तालिम लिइसकेकालाई नेपाली सेनाको मध्यपश्चिम क्षेत्रीय इपिसेन्टर कार्यालय बा“केले ऋण प्रवाहको लागि बैंकमा सिफारिस गर्ने गर्दछ ।

यस जिल्लाका भूपु सैनिक तिनका आश्रित परिवारका सदस्य तथा बहालवाला सैनिकका परिवारका सदस्य ऋणका जिल्ला स्थित नरसिङ दल गणबाट सिफारिस लिएर बा“के स्थित इपिसेन्टर कार्यालय जानुपर्ने छ । इपिसेन्टर कार्यालयको सिफारिसमा बैंकले उनीहरुलाई ऋण प्रदान गर्नेछ ।

बा“के स्थित नेपाली सेनाको इपि सेन्टरले रुकुम सहित १६ जिल्लाका भूपु सैनिक तिनका आश्रित परिवारका सदस्य, एकल महिला तथा बहालवाला सैनिकका परिवारका सदस्यलाई व्यवसाय गर्न ऋण प्रवाह गर्दै आएको छ ।

इपि सेन्टरले हालसम्म यी १६ जिल्लामा ४८ करोड ९३ लाख ऋण लगानी गरिसकेको छ । जसमा भूपू सैनिक र एकल महिलाका लागि मात्रै ३० करोड ८ लाख र बहालवाला सैनिकका परिवारका सदस्यमा १८ करोड ८५ लाख रुपैया“ व्यवसाय सञ्चालनका लागि लगानी गरिएको छ । नेपाली सेनाको मध्यपश्चिम क्षेत्रीय इपिसेन्टर कार्यालय बा“केको सिफारिसमा नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएर १६ जिल्लाका २ हजार ८ सय ६३ जनाले व्यवसाय गरिरहेका छन् ।