नियन्त्रित लागूऔषध सहित पक्राउ

0
Shares

काठमाडौं,
काठमाडौं नागढुङगा चेकपोस्टमा सवारी साधन जाँच गर्ने क्रममा नियन्त्रित लागूऔषध नाईट्राभेट १ हजार ४ सय ८५ एम्पुल सहित सर्लाही रामदाम गाउँपालिका( ७ का विकासकुमार गुप्तालाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका(९ स्वर्णगेट अगाडि सडक किनाराबाट मोरङ सुन्दर हरैया नगरपालिका(११ का ३८ वर्षीय लोकबिक्रम साहलाई अवैध लागूऔषध खैरो हेरोइन ५ ग्राम र नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन नुफिन ४९ एम्पुल, डाइजेपाम डाईजल्याब ४९ एम्पुल, फेनारगन ४९ एम्पुल र मनोद्धिपक लागूऔषध नाइट्राजेपाम नाइट्राभेट ६ सय ट्याब्लेट सहित शुक्रबार दिउसो लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।