एक सिङ्गे गैडा पसेर गाउँले हैरान

0
Shares

मनोज भट्ट, महेन्द्रनगर ।
विश्वकै दुर्लभ जनावरको रुपमा रहेको एक सिङ्गे गैडा रातीको समयमा माहाकालीको कुतियाकवर आसपासको क्षेत्रमा देख्न पाईन्छ । शुक्लाफाँटा राष्ट्रिय वन्यजन्तु निकुञ्जबाट पानि तथा आहाराको खोजीमा एक सिङ्गे गैडा माहाकाली नगरपालिकाको कुतियाकवर आसपासको बस्तीमा रातीको समयमा पस्ने गरेको पाइएको छ ।

गैडालाई निकुञ्ज क्षेत्रमा भित्र्याउन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका वनकर्मी १० जनाको एक टोली एक सातादेखि कुतियाकवर क्षेत्रमा क्याम्प लगाएर बस्दै आएका छन् । वनकर्मीको टोली र स्थानीय मिलेर रातीको समयमा एक सिङ्गे गैडा निकुञ्ज क्षेत्रमा धपाउने प्रयास भईरहेको जनाएको छ । बस्तीमा रातीको समयमा निकुञ्ज क्षेत्रबाट आउने र खेतको बालीनाली नष्ट गर्न थालेको स्थानीयले बताए ।

बालीनाली नष्ट गरेर घर नजिक आउन थालेपछि स्थानीयमा त्रास छाएको छ । स्थानीय भिम प्रसाद जैशी, तेज बहादुर बस्नेत, हरेन्द्र सुनार लगायतका एक दर्जन भन्दा बढीको अन्नवाली नष्ट गरेपछि स्थानीयले बनकर्मीलाई गैडा धपाउन गुहारेका थिए । रातीको समयमा ३ वटा घरपालुवा हात्ती संग आएका बनकर्मी र स्थानीयले रातभरी गैडा धपाउन रात बिताउने गरेका छन् ।

रातीको समयमा हिड्न तथा बालीनाली जोगाउन समस्या पर्न थालेको स्थानीयको गुनासो छ । गैडा बस्तीमा पस्न थालेपछि वनकर्मी गैडाको गतिबिधी नियालिरहेका छन् । गैडालाई आरक्ष फर्काउन हात्तिको साहारा लिएर एक सातादेखि वनकर्मीको टोली हात्तीसंग कुतियाकवर आसपासको बस्तीमा त्रिपाल टांगेर बस्दै आएका छन् ।

नेपाल–भारत सीमा क्षेत्र संग जोडिएको कुतियकवर बस्तीमा गैडा रातीको समयमा देखा पर्न थालेपछि, आक्रमणबाट स्थानीयलाई क्षति पु¥याउन सक्ने र गैडा शिकारीले शिकार समेत गर्न सक्ने भएको हुँदा वनकर्मीले गैडाको निगरानी बढाएका छन् ।