आन्दोलनमा फोटो खिच्न पुगेका पत्रकारमाथि प्रहरीको हस्तक्षेप

0
Shares

नेपाल समाचारपत्र, काठमाडौँ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ) पशुपति क्याम्पसका विद्यार्थीहरुले आयोजना गरेको सरकारविरुद्धको आन्दोलनमा फोटो पत्रकारमाथि प्रहरीले हातपात गरेका छन् । चरम विवादकाबीच पनि चिकित्सा शिक्षा विधयक पारित गरेको भन्दै उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका थिए । सोही क्रममा प्रदर्शनीमार्गमा आन्दोलन चल्दै गर्दा फोटो खिच्न पुगेका पत्रकारमाथि प्रहरीले गलत्याउँदै हातपात गरेका हुन ।

पुत्ला दहनका क्रममा नेविसंघले बलात्कारपछि हत्या गरिएकी कञ्न्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र वाइडबडी खरिद प्रकरणमा भएको अनियमितताको छानविन गर्न माग गरेको छ ।