बाबु टीभी हेरेर घर फर्किदा छोरी गायबः २४ घण्टापछि खोलामा लास भेटियो

0
Shares

सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिका ८ स्थित सिघिंयाखोलामा एक बालिकाको शंकास्पद अवस्थामा शव भेटिएको छ ।

आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।

शनिबार साँझ अभिभाव टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो ।

शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको हत्या भएको हुन सक्ने आशंका गरेका छन ।