सुप विश्वविद्यालयका लागि सकारात्मक पहलःदश वर्षदेखिको उत्कृष्ट कार्य

0
Shares

प्राध्यापक संघमा १ सय ५ जनाको समर्थन

मनोज भट्ट, महेन्द्रनगर ।
सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा प्राध्यपक संघ गठनका लागि केन्द्रीय महाधिवेशन प्रतिनिधि र इकाई समिति सदस्यको टुङ्गो लागेको छ ।

नेपाल प्राध्यापक संघ सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्रतिनिधि सदस्य र इकाई समिति सदस्यहरु निर्विरोध निवाचित भएको केन्द्रीय क्याम्पस निर्वाचन समितिका संयोजक मुकुन्द बल्लभ कलौनीले बताए ।

विश्वविद्यालयका जम्मा १ सय १० जना प्राध्यापक मध्ये १ सय ५ जना प्राध्यापकको समर्थन र सहभागितामा नेपाल प्राध्यापक संघका लागि प्रतिनिधि र इकाई समितिका लागि छुट्टाछुट्टै ११ जनाको समिति चयन गरिएको छ ।
विगत १० बर्षदेखि एकिकृत नभएका प्राध्यापकहरुले शनिवार औपचारिकताका साथ एकिकृत हुँने अवसर पु¥याएका हुन् ।

तीन ओटा तदर्थ समितिको समायोजन बाट विश्वविद्यालयमा नेपाल प्राध्यपक संघ गठनका लागि बाटो खुलेको हो । यज्ञराज पाठक, बिरबहादुर सिंह ठकुरी र बैतडिको जगन्नाथ बहुमुखी क्याम्पसका प्राध्यपक मानबहादुर चन्दको अगुवाई बाट विश्वविद्यालयका १ सय ५ जना प्राध्यापकोे समर्थनबाट इकाई समिति समेत गठन गर्दै केन्द्रका लागि प्रतिनिधि छनौट गरेको हो ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघका लागि प्रतिनिधि तथा उम्मेद्वारमा उत्तमबहादुर थापा, केसव बहादुर थापा, खगेन्द्र जोशी, डम्बर सिंह बोहरा, पुष्पराज जोशी, पृतबहादुर बिष्ट, बिरेन्द्र प्रसाद भट्ट, मदन सिंह बोहरा, महेन्द्र बहादुर चन्द, बिरेन्द्र सिंह धामी र हरिप्रसाद बडू गरि ११ जना रहेका छन् ।

छनौट गरिएका ११ जना प्रतिनिधिहरु मध्येबाट यहि माघ २० गते हुने केन्द्रीय समिति गठन गरिने छ ।

केन्द्रीय क्याम्पस महेन्द्रनगरमा गठन गरिएको इकाई समितिमा इन्द्रदेव मिश्र, गम्भिर चन्द, गोविन्द बल्लभ भट्ट, चक्र बहादुर बिष्ट, टिकाराम खरेल, दिपकचन्द्र भट्ट, नारद प्रसाद जोशी, पृथ्वीराज भट्ट, यज्ञराज जोशी, रामकुरमार चटौत र हरिसिंह साउद गरि ११ जनाको इकाई समिति छनौट गरिएको हो ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ इकाई समितिले शनिवार नै पुर्णता पाएको छ । इकाई समितिको सभापतिमा दिपकचन्द्र भट्ट उप सभापतिमा टिकाराम खरेल, सचिवमा हरि सिंह साउँद, कोषाध्यक्षमा गम्भीर बहादुर चन्द, सह सचिवमा नारद प्रसाद जोशी र सदस्यमा अन्य ६ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा १ सय १० जना प्राध्यापकहरुको संख्या रहेकोमा १ सय ५ जना प्राध्यापकहरुले समर्थन, सहभागिता र सदस्यता लिदाँ इकाई समिति र केन्द्रीय प्रतिनिधि छनौट गर्न सहज भएको हो ।
उक्त सुप विश्वविद्यालय प्राध्यापक संघको विपक्षमा भने मात्रै ५ जना प्राध्यापक देखिएका छन् । जस माध्ये प्रिन्सिपल डा. भुपेन्द्र बिष्ट र बिरबहादुर सिंह ठकुरी पनि रहेका छन् । विभिन्न अन्यौलता, अराजकता र चक्रबिहुँलाई छिचोल्दै सुदूर पश्चिमाञ्चल विश्वविद्यालय प्राध्यापक संघ गठन गर्न प्राध्यापक सफल हुने भएका छन् ।

प्राध्यापक संघको प्रतिनिधि सदस्यको प्रमुख दावेदार रहेका शंकर भट्टले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि बिना विवाद विश्वविद्यालयले प्राध्यापक संघको गठनकालागि प्रतिनिधि र इकाई समिति सदस्यहरु पाएको हो ।

‘विश्वविद्यालयको जित नै मेरो जित हो । व्यक्ति भन्दा संगठन ठुलो हुन्छ । त्यसैले मैले विश्वविद्यालय र संगठन सर्वोपरि ठान्दौ आफु पछाडी हटेर विश्वविद्यालयलाई जिताउने खोजे’ प्राध्यापक शंकर भट्टले भने ।