नेपाल समाचारपत्र, काठमाडौं ।
पुर्वराजा ज्ञानेन्द्र शाह बुद्ध एयरको विमानबाट अहिले ४ बजे सिमरा जाने कार्यक्रम रहेको छ । पुर्व रानी कोमल र निजी सचिव सागर तिमल्सिनाको साथमा सिमरा जान लाग्नुभएका ज्ञानेन्द्रलाई सिमरा विमान स्थलमा स्वागत गर्नेको घुईचो लागेको छ ।
मध्य तराई र झापा भ्रमणको तयारी गर्दै करिब एक महिना लामो बसाई गर्न ज्ञानेन्द्र परिवार सिमरा जान लाग्नुभएको हो । सिमरामा करिब २० गतेसम्म बस्ने कार्यक्रम तय भएको छ । उहालाई काठमाडौबाट बिदाई गर्न राजावादीहरु त्रिभुवन अन्तराष्ट्रिय विभानस्थल पुगिसकेका छन् ।
सिमरामा केही राजनितिक भेटघाट हुने भएको छ । अहिलेसम्म २० गते सडक मार्गबाट झापाको दमक जाने कार्यक्रम रहेको छ–उहा निकट स्रोतले नेपाल समाचारपत्रसंग भन्यो । उहाको सुरक्षा र बन्दोबस्ती गर्न करिब २५ जनाको टोली दुई दिन अघि सिमरा पुगिसकेको छ । सिमरा पुगेपछि थप कार्यक्रम तय हुनेछ ।











प्रतिक्रिया