सरोज यादव, विराटनगर ।
विराटनगर महानगरपालिका ८ स्थित सिघिंयाखोलामा एक बालिकाको शंकास्पद अवस्थामा शव भेटिएको छ । आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
खोला नजिकै रहेको बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् । शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् ।
बुबा रामप्रसाद दासका अनुसार टीभी हेरेर घर फर्किदा छोरी घरमा थिइनन् । साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए । आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको हो ।
शव पोष्टमार्टमका लागि कोशी अंचल अस्पताल विराटनगर पठाइएको प्रहरीले जनाएको छ । स्थानीयले भने बालिकाको हत्या भएको हुन सक्ने आशंका गरेका छन ।











प्रतिक्रिया