बाराका प्रमुख जिल्ला अधिकारी चढेको गाडी दुर्घटना, सशस्त्रका एसपी पोखरेलको घटनास्थलमै मृत्यु

0
Shares

गोकुल घुरासैनी, बारा ।
बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी दुर्घटना भएको छ । बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा ट्याक्टरसँग ठोक्किएर प्रजिअ चढेको गाडी दुर्घटना भएको हो । दुर्घटनामा हुँदा सशस्त्र प्रहरी बल (एपीएफ) का एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बाराका प्रजिअ भट्टराईको अवस्था गम्भिर रहेको बताइएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका प्रमुख जिल्ला अधिकारी भट्टराईलाई उपचारका लागि वीरगञ्ज लगिएको बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।