गण्डकी प्रदेशमा पाँचको मृत्यु

0
Shares

पोखरा, गण्डकी प्रदेशमा आज विभिन्न घटनामा परी पाँचको मृत्यु भएको छ ।
प्रदेश प्रहरी कार्यालयका अनुसार चार्जमा राखेको मोबाइलबाट भिडियो हेर्दै गर्दा अचानक चट्याङ परी मोबाइलबाट करेन्ट लाग्दा तनहुँको रिशिङ गाउँपालिका–१ काहुँशिव सेताङ घर भई वडा नं २ रिशिङ लिमाश्वाँरा माइती घर आएकी २० वर्षीय मिनामाया थापाको मृत्यु भएको छ । करेन्ट लागेर घाइते उनको दमौली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

यस्तै बाग्लुङको निसिखोला गाउँपालिका– ४ ओख्रेनीमा रातिदेखि परेको हिउँले पुरिएर ५० वर्षीय टीकाबहादुर घिमिरेको मृत्यु भएको प्रहरीले जनाएको छ । कानबगरबाट घर फर्कने क्रममा आफ्नै घरदेखि ५०० मिटर तल हिउँले पुरी मृत अवस्थामा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–४ बगैँचास्थित छापागलाम भित्री सडकखण्डको किनारामा ५० वर्षीय गुप्तबहादुर विश्वकर्मा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँ सोही स्थानको दुर्गा आधारभूत प्रावि विर्घाका शिक्षक हुनुहुन्थ्यो ।

त्यस्तै चितवनको नारायणी नगरपालिका–६ घर भई हाल स्याङ्जाको भिरकोट नगरपालिका– २ डेरामा बस्दै आएका ५५ वर्षीय सफित मोहमद मियाँ मृत अवस्थामा भेटिएका छन् । प्रहरीका अनुसार उनी डेरा नजिकै गोठ पछाडि मृत अवस्थामा भेटिएका हुन् ।
रासस