चट्याङ लाग्दा १० जना घाइते

0
Shares

हेटौंडा,(नेस) ।
मकवानपुरका दुई गाउँमा चट्याङ लागेर १० जना घाइते भएका छन् । भीमफेदी गाउाँलिका–९, भदौरेमा शुक्रबार साँझ चट्याङ लागेर ५ जना घाइते भएका छन् । चट्याङ लागेर एक बालकसहित ५ जना घाइते भएका हुन् ।

घाइते हुनेमा १२ वर्षीय सफल उप्रेती, ५० वर्षीया पार्वती पराजुली, ६० वर्षीय आनन्दराम पराजुली, ३० वर्षीया सुनिता प्रजा र ४० वर्षीय कृष्णबहादुर प्रजा छन् । घाइतेमध्ये कृष्णबहादुर प्रजाको हेटौंडा अस्पतालमा र अन्यको भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

पश्चिमी मकवानपुरको राक्सिराङ गाउँपालिकामा पनि चट्याङका कारण शुक्रबार साँझ ५ जना बेहोस भएका छन् । साँझ करिब ६ बजे परेको चट्याङका कारण राक्सिराङ गाउँपालिका–१, भूमिथुमका ५ जना बेहोस भएका हुन् ।

बेहोस हुनेमा स्थानीय सन्तली थिङ, वीरबहादुर बल, वसन्त बल, ठूलीमाया र १ वर्षका बालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले बताएको छ । १५ जनालाई चट्याङ लागे पनि अन्यको अबस्था सामान्य छ । चट्याङबाट ३ घरमा क्षति पुगेको छ भने ५ पशुचौपाया मरेका छन् । घटनास्थलतर्फ मनहरीबाट प्रहरी टोली गएको जनाइएको छ ।