उच्च पहाडी क्षेत्रमा बाक्लो हिमपात, जनजीवन प्रभावित

0
Shares

नेपाल समाचारपत्र
पर्वत,
पर्वतका उच्च पहाडी भुभागहरुमा बाक्लो हिमपातका कारण सेताम्मेृ भएका छन भने तल्लो क्षेत्रमा पनि जनजीवन प्रभावित बनेको छ शुक्रवार साँझदेखि जिल्लाको जलजला गााउँपालिकाको लेखफाँट, शालिजा, वाँसखर्क, क्याङ भुकताङले, हम्पालको लेक, पञ्चासे, डहरे र चिसापानीको लेकहरुमा तीन फिट बाक्लो हिउँ परेको छ । धेरै वर्षपछि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन् । पञ्चासेमा आर्थर सम्म नै हिउँ परेको स्थानिय रामकृष्ण गुरुले जानकारी दिए ।

वर्षासँगै हिमपात भएकाले जनजीवनका साथै गाईवस्तुलाई समेत समस्या भएको छ । हिमपातले गहुँ, आलु लगायत विभिन्न जातका फलफुललाई समेत क्षति पु¥याएको स्थानिय कृषकहरुले जानकारी दिएका छन् ।

गत असोजदेखिको खडेरी परेको यस क्षेत्रमा गत सोमबार र मंगलबार वर्षा र शुक्रवार साँझदेखि हिमपात भएपछि उपल्लो बस्तीका हिउँदे बाली र फलफूल खेतीमा सकारात्मक प्रभाव परेको छ । यद्यपि चिसोले जनजीवन भने प्रभावित भएको छ ।