तरुण दलले भन्योः दुई तिहाईको दम्भमा संविधान कुल्चने काम भयो

0
Shares

यमलाल भुसाल, बुटवल ।
सर्वसुलभ स्वास्थ्य सेवा र शिक्षा पाउनु पर्ने आम नागरिकको नैर्सगिक अधिकार हनन हुने प्रावधान सहितको स्वास्थ्य शिक्षा बिधेयक पारीत भएको, भ्रष्टाचार तथा हत्या हिंंसा बढेको भन्दै नेपाल तरुण दलले शनिबार सरकार बिरुद्ध बुटवलमा खबरदारी सभा गर्यो । पाँच नम्बर प्रदेश स्तरीय बिरोध प्रदर्शन तथा खबरदारी सभामा तरुण युवाहरुको उल्लेख्य सहभागिता थियो ।

बुटवलको राजमार्ग चौराहमा गरिएको बिरोध सभामा बोल्ने तरुण नेताहरुले दुइ तिहाइको दम्भमा संविधान कुल्चने र कम्युनिष्ट शासन स्थापित गर्ने दाउमा सरकार उद्यत रहेको आरोप लगाएका छन । राज्यबाटै अपराधीलाइ संरक्षण गँरीदा हत्या हिंसा, बलात्कारका घट्ना बढनुका साथै सुशासन कायम गर्न नसकेको टिप्पणी नेताहरुले गरको छन । तरुणका केन्द्रिय र प्रदेशका शीर्ष नेताहरुले अधिनायकबाद र सर्वसत्ताबाद चरित्रलाइ नसच्याए तरुण युवाहरुले सडकबाटै ओली सरकार ढालिदिने चेतावनी समेत दिएका छन ।

तरुणका केन्द्रिय अध्यक्ष जितजंग बस्नेतले अन्याय अत्याचारी र भ्रष्टाचारीलाइ ठेगान लगाउन चट्टानी शक्ति लिएर तरुण युवाहरु तयारीका साथ सडकमा ओर्लिएको बताउनु भयो । ‘हामीले राणा र राजा फालेम । ३० बर्षे पञ्चायत फालेम । अव अन्तिम पटक कम्युनिष्टसंगको लडाइकालागि तयारीका साथ आउदैछा’ै अध्यक्ष बस्नेतले भन्नु भयो । उहाँले अव कम्युनिष्ट सरकार देशबाटै पत्तासाफ भएर जाने ठोकुवा पनि गर्नु भयो ।

्पर्यटन मन्त्री रबिन्द्र अधिकारीलाइ ४ अर्ब खाने वाइडबडी अधिकारीको संज्ञा दिदै अध्यक्ष बस्नेतले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालकै डिजाइनमा ३८ क्वीन्टल सुन गायब पारीएको आरोप समेत लगाउनु भयो ।
प्रदेश पाँचमा पनि गाडी खरीदमा करोडौ भ्रष्टाचार भएको कुरा बाहिर आएकाले छानबिन गरी दोषीलाइ कडा कारबाही नगरे ती गाडी तरुणहरुले खोसेर फिर्ता ल्याएने चेतावनी दिनु भयो ।

एकजना सत्याग्रहीको जायज मागलाइ कुल्चदै गरीब निमुखा जनताको अहितमा रहेको बिधेयक जबरजस्ती पास गरेर सरकारले संसदिय व्यवस्थालाइ ठाडो चुनौती दिएको बताए । देशको परिर्वतन र विकास नेपाली काँग्रेसले मात्रै गर्न सक्ने भन्दै उनले गाँउ गाँउ र टोल बस्ती अव काँग्रेसमय हुने दावी पनि गरे ।

कम्युनिष्टहरुसंग मुख्य लडाइ लडनु पर्ने बेला भएकाले पार्टी भित्रै आपसमा बिभाजित नहुँन पार्टी नेतृत्वलाइ आग्रह समेत गरे । अध्यक्ष बस्नेतले शुसील कोइराला क्यान्सर अस्पताल र जिपी कोइराला स्वासप्रश्वास केन्द्रबारे सरकारले गरेको निर्णय नसच्चिए त्यसको परिणाम घातक हुने चेतावनी समेत दिए ।

काँग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले सरकार माफीयाहरुको चङगुलमा फसीसकेको र सदनलाइ समेत त्यही बाटोमा डोर्याउने खेल चलीरहेकाले काँग्रसले त्यसबिरुद्ध कडा संघर्ष गर्नुपर्ने बताउनु भयो ।

तरुण दलका केन्द्रिय उपाध्यक्ष उत्तम कुमार चापागाइले ओली सरकारले दुइ तिहाइको बहुमतलाइ भ्रष्टाचार गर्ने लाइसेन्सको रुपमा प्रयोग गरीरहेको आरोप लगाउनु भयो । केन्द्रिय महासचिव भुपेन्द्रजंग शाहीले सरकराले आफना नेताहरुको अपमान गर्ने र इतिहास मेटाउने दुस्प्रयास गरेको भन्दै यस्तो कदम बन्द नगरे देशभरका तरुण युवाहरुले सिंहदरबार अगाडी राको बाल्ने चेतावनी दिनु भयो ।

कार्यक्रममा तरुणका केन्द्रिय कोषाध्यक्ष विद्धान गुरुङ,तरुण दलका रुपन्देही अध्यक्ष सोम गुरुङ,कपिलबस्तु सभापती सत्यसिंह ठकुरी, गुल्मी सभापती भरत बलामी लगायतले बोल्दै जनतालाई समृद्धिको सपना देखाएको सरकारले विकास, शुसासन र शान्तिसुरक्षा कायम गर्न नसकेको भन्दै बर्तमान सरकारको बिकल्प नेपाली जनताले खोजेको बताउनु भएको थियो ।