घाइते बोकेको एम्बुलेन्स दुर्घटना हुँदा थप ५ घाईते

0
Shares

पुष्कर बुढाथोकी, भक्तपुर ।
भक्तपुरको साँगामा घाइते बोकी आएको एम्बुलेन्स दुर्घटना हुँदा थप ५ जना घाईते भएका छन् ।गए राति सुर्यविनायक नगरपालिका १० साँगा मुसे गणेश मन्दिर नजिक सिराहा लाहानबाट सवारी दुर्घटनाका घाइते बोकी काठमाडौं तर्फ आँउदै गरेको ज.१च. १४९० नं. को एम्बुलेन्स अनियन्त्रित भई दुर्घटना भएको हो ।
यादव सेवा समाजले संचालन गरेको एम्बुलेन्स सडकबाट १०० मिटर तल खोल्सामा खस्दा एम्बुलेन्समा सवार घाइते धनुषा ढल्केबर बस्ने बर्ष ७१ का झलक बहादुर खड्काका आफन्तहरु सहित ५ जना घाइते भएको प्रहरीले जनाएको छ । उनीहरुको न्युरो अस्पताल बाँसबारीमा उपचार भैरहेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेबति रमण पोखरेलले बताउनुभयो ।

घाईते एम्बुलेन्स चालक दोलखा सिँगटी घर भई हाल काठमाडौ जिल्ला कपन बस्ने बर्ष २५ को सन्तोष तामाङको मध्यपुर अस्पताल ठिमीमा प्रारम्भिक उपचार गरिएकोमा थप उपचारको लागी त्रि.वि.शिक्षण अस्पताल काठमाडौ रिफर गरिएको प्रहरीले जानकारी दिएको छ ।

एम्बुलेन्समा सवार घाइते खड्का सहित अन्य घाईते सर्लाही लालबन्दी न.पा. १४ घर भई हाल जिल्ला काठमाण्डौ कपन बस्ने बर्ष २१ को बिर बहादुर लुङ्गेली ,उदयपुर कटारी बस्ने बर्ष ३५ को मोहन बहादुर न्यौपाने ,धनुषा ढल्केबरकै बर्ष ३७ की घन कुमारी खड्का र बर्ष ७१ को बाटुला खड्काको न्युरो अस्पताल बाँसवारीमा थप उपचार भैरहेको प्रहरीले जनाएको छ ।उनीहरुको प्रारम्भिक उपचार डा.ईवामुरा अस्पतालमा गरिएको थियो ।

दुर्घटनाको जानकारी पाए लगत्तै घटनास्थलमा प्रहरी परिसर र प्रहरी वृत्त जगातीबाट प्रहरी नायब उपरीक्षक द्धय रेवती रमण पोखेरल र शिशु शर्माको कमाण्डमा ३५ जनाको प्रहरी टोली खटिएर घाईतेको उद्धार गरेको थियो ।