हिमपातले राजमार्ग अवरुद्ध, विद्युत सेवा ६ दिनदेखि अवरुद्ध

0
Shares

विनोद सिंह विष्ट, बैतडी ।
भारी हिमपातले बैतडीको खोडपेदेखि बझाङ जोड्ने जयपृथ्वीराजमार्ग शुक्रवारदेखि अवरुद्ध भएको छ । शुक्रवार बिहानदेखि बैतडीको खोडपे ,मोतीनगर, ढोल्यामोड र बझाङको बित्थड,देउलेक लगायतका ठाउँमा भारी हिमपात हुँदा राजमार्ग अवरुद्ध भएको हो ।

अवरुद्ध राजमार्ग खुलाउन जेसिबीको पठाईएको इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज, प्रहरी निरीक्षक गिन्द्र बोगटीले जानकारी दिनुभयो । अवरुद्ध राजमार्ग खुलाउन अझै केही घण्टा लाग्ने बताइएको छ । राजमार्ग अवरुद्ध हुँदा यात्रुहरु बिचवाटोमै अलपत्र परेका छन् ।

यसैबिच शुक्रवार बिहानदेखि अवरुद्ध रहको महाकाली राजमार्ग र दशरथचन्द राजमार्ग शनिवार दिउँसोवाट सुचारु भएको छ ।

यसअघि बुधवार पनि हिमपातकै कारण यहाँका राजमार्ग भएका थिए ।

यसैबिच हावाहुरी, बर्षा र हिमपातले बैतडीमा विगत ६ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ । सोमवार बेलुकाको हावाहुरी र हिमपातले यहाँ विद्युत सेवा अवरुद्ध भएको हो ।

हावाहुरी र हिमपातले बैतडीको खोडपे र अनारखोली क्षेत्रमा ३३ केभी राष्ट्रिय प्रसारण लाईनमा रहेका तारहरु टुटेकाले विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ । लगातार हिमपात र बर्षा भइरहेकाले मर्मत गर्न समस्या भएको जनाएको छ ।