मोटरसाईकल चोरी, २ नाबालक सहित ३ भारतीय पक्राउ

0
Shares

बारा, नेस,
पाक्र्रिङ्गस्थलबाट मोटरसाइकल चोरी गरी भारततर्फ लैजादै गरेको अवस्थामा बारा प्रहरीले २ नाबालक सहित ३ भारतीय नागरिकलाइ्र्र पक्र्राउ गरेको छ ।

प्रहरीले भारत विहार पुर्विचम्पारण थाना दारपा ग्राम पिपरा बस्ने वर्ष १९ को रामनरेश प्रसाद कुशवाहा सहित तिन जनालाई चोरीको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार गत बिहिबार बेलुका करिव ४.३० बजे कलैया उपमहानगरपिलका वडा नं.१ स्थित सडकछेउमा पार्किङ्ग गरी राखेको बा ५९ प ८७०९ नम्बरको सुपर स्पलेण्डर मोटरसाईकल चोरी गरी सिमापारी भारत तर्फ भाग्ने क्रममा प्रहरी चौकी बडकिफुलबरियाबाट खटेको टोलीले सुवर्ण गाउपालिका वडा नं.७ बडकीफुलवरियाबाट मोटरसाइकल सहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अभियुक्त कुशवाहा यसअघि गत असार महिनामा पनि कलैया बजार क्षेत्रबाट मोटरसाइकल चोरी अभियोगमा पक्र्राउ परेका र जिल्ला अदालतको आदेशले तोकेको ८० हजार रुपैया धरौटी बुझाएर हालैमात्र वीरगंज कारागारबाट छुटेको प्रहरीले जानकार्री दिएको छ ।

मोटरसाईकल चोरी कसुरमा पक्राउ परेकाहरुमाथि बारा जिल्ला अदालतबाट दिन ७ को म्याद अनुमति लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरीले बताएको छ ।