काठमाडौं– आफ्नो अवरोधका बावजुद पनि संसदबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि नेपाली कांग्रेसले आफ्नो आधिकारिक आधरणा सार्वजनिक गर्न केहीबेरमा केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलनको आयोजना गर्ने भएको छ ।
डा गोविन्द केसीसँग भएको सहमतिविपरीत संसदबाट बहुमतले विधेयक पारित गरेपछि कांग्रेसले पत्रकार सम्मेलनको आयोजना गर्न लागेको पार्टी प्रवक्ता श्विप्रकाश शर्माले जानकारी दिनुभयो ।
कांग्रेसको विरोधका बाबजुद संसद बैठकले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, पारित गरेको थियो ।
प्रतिक्रिया