सरकारले ३ करोड नेपालीलाई धोका दियो: डा. केसी

0
Shares

काठमाडौ । चिकित्सा शिक्षा विधेयक संसदबाट बहुमतले पारित भएपछि अनसनरत डा. गोविन्द केसीले ३ करोड नेपालीमाथि सरकारले धोका दिएको आरोप लगाउनु भएको छ ।

अनसनस्थल पुगेका संचारकर्मीसंग कुरा गर्दै उहांले ३ करोड नेपाली जनातामाथि धोका भएको छ मेरो अनसन रोकिदैन भन्नुभयो । उहांले सरकारले पास गरेको बिद्येयक फिर्ता नलिए आफुले कुनै हालतमा पनि अनसन नछाड्ने अडान लिनु भएको छ । डा. केसीले भन्नुभयो – मेरो माग भनेको चिकित्सा शिक्षामा देखिएको बेथिती सुधार गर्नु हो । सरकारले मेरो भावना बुझेन र ममाथि खेलवाड गर्ने काम गरेको छ ।
डा. केसीको अनसन शुक्रबार १७ औं दिनमा प्रवेश गरेको छ । यस अघि उहां १६ पटक सोही मागलाई लिएर अनसन बस्दै आउनु भएको थियो ।