कांग्रेसलाई जिस्क्याउँदाको मूल्य महंगो पर्छ – थापा

0
Shares

गंगा बराल ,काठमाडौं । पूर्व स्वास्थ्यमन्त्री तथा कांग्रेस सांसद् गगनकुमार थापाले सरकार सँगसँगै सभामुखविरुद्ध पनि संघर्ष हुने चेतावनी दिनुभयो ।
थापाले सभामुख कृष्णबहादुर महराले जालझेलपूर्ण व्यवहार गरेको टिप्पणी गर्नुभयो । ‘बैठकमा मुठभेड निम्तिने गरी बैठक चलाउँदिन भन्ने अनि हामीलाई पेलेर, विपक्षीको कुरा नसुनी संसद् बैठक चलाउनु खेदजनक छ’ थापाले भन्नुभयो ‘ कांग्रेसलाई जिस्क्याइएको छ, अब यसको मूल्य निकै महंगो पर्न जान्छ ।’
थापाले सरकारभन्दा पनि सभामुख नै विधेयक पारित गर्न बढी लागेको देखिएकोमा आपत्ति जनाउनुभयो । ‘सभामुख सरकारको अंगजस्तो बन्नुभयो, अरुको आलेश पालना गर्नुभयो, यो उहाँका लागि नै खतरा छ’ थापाले भन्नुभयो ‘ मसँग २ तिहाई छ जे गरेपनि हुन्छ भन्ने सरकारको व्यवहार प्रष्ट भएको छ, यसले बिबाद बढाएको छ हेर्दै जाउँ के हुन्छ ।’