चिकित्सा बिद्येयक बहुमतले पारित, कांग्रेसको अवरोध काम लागेन

0
Shares

गंगा बराल

काठमाडौं । सरकारले संसदमा प्रस्तुत गरेको चिकित्सा बिद्येयक बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपनि सभामुख कृष्णबहादुर महराले उक्त बिद्येयक प्रस्तुत गर्न शिक्षा मन्त्री गिरीराजमणी पोखरेललाई आग्रह गरेपछि उहांले प्रस्तुत गर्नु भएको बिद्येयकलाई बहुमतले पारित गरेको हो । सभामुख कृष्णबहादुर महराले कांग्रेसले उठाएका विषयलाई सरकारले स्वीकारिसकेको भन्दै सांसद्हरुलाई बैठक चलाउन पटकपटक सहयोग गरिदिन आग्रह गरेपनि कांग्रेस सांसदहरुले मानेनन् ।
प्रतिनिधिसभाकी कांग्रेस सचेतक पुष्पा भुसालले बैठक चलाउन सहयोग नगर्ने भनेर मन्तव्य टुंग्याएपछि कांग्रेस सांसदहरु ‘रोस्टर्म’ घेर्न आएका थिए । कांग्रेस सांसद्हरुले नाराबाजी गरिरहेका छन् ।
यता सरकारले भने संसदमा चिकित्सा बिद्येयक प्रस्तुत गरेको छ ।