अनुदानका लागि बनेका घर प्रयोगविहिन

0
Shares

नेपाल समाचारपत्र, नुवाकोट
अनुदानकै लागि नुवाकोटमा बनेका साना घर प्रयोगविहिन भएको छ । अनुदानको पैसा नाफा निकाल्ने गरी साना घर बनाउँदा ती घर बाख्राको खोरजस्तो बनेपछि प्रयोगविहिन भएको हो ।

जथाभावी र दिगो विकासका लागि नभई अनुदान पचाउनकै लागि बनेका यी घरहरुले न परिवारको आवश्यकता पुरा गर्न सक्छ न उत्पादन भएको अन्नबाली नै राख्न त्यसैले यी घर सरकारले दिएको खनुदान पचाउन मात्रै निर्माण गरिएका छन । जसले गर्दा भुकम्पपिडितहरु कटेजमै सिमित हुनुपर्ने देखिएको छ ।

राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका अनुसार नुवाकोटमा पुननिर्माण गरिएका करिव २५ प्रतिशत घरहरु एककोठे पाइएको छ । राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका कार्यक्रम संयोजक बद्री प्याकुरेलका अनुसार जिल्लामा निर्माण भएका घरहरुमध्ये करिव २५ प्रतिशत घर एक कोठे मात्र रहेका छन । जिल्लामा पुननिर्माण गरिएका करिब करिव १० हजारभन्दा बढी घर एककोठे रहेको प्याकुरेलले बताए ।

जिल्लामा एककोठे घर निर्माणको क्रम तिव्र वनेसँगै जिल्लाबबाट निर्वाचित भएका सांसदहरु समेत जिल्लामा भएको पुनिनिर्माणको प्रक्रियाप्रति असन्तुष्ट देखिएका छन । नुवाकोट प्रतिनिधिसभा क्षेत्र नं २ का सांसद हितबहादुर तामाङले एक कार्यक्रममका जिल्लामा बनेको घरलाई सलाई बट्टाको संज्ञा दिँदै यस्तो घरमा कसरी बस्ने भन्दै प्रश्न गरेका छन । तामाङले एककोठे घर बनेपनि त्यो बस्न लायक नभएको र सुन्गुरको पाठा बस्ने घर भएको भन्दै किस्ता पारित गर्ने इन्जिनियप्रति समेत उनले असंतुष्टि पोखका थिए ।

त्यस्तै जिल्ला बनेका एककोठे घर प्रति जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले पनि बारम्बार सार्वजनि असन्तृष्ट जनाएका छन । जिसस प्रमुख तामाङले जिल्लामा भएको पुननिर्माणबाट आफु पुर्ण रुपमा असन्तृष्टि रहेको बताए । उनले अब जिससले पुन आफ्नो मौलिक परम्परा कायम गर्ने घर बनाउने अभियान संचालन गर्ने बताए । जिल्लामा निर्माण भएका घरले जिल्लाको पहिचान गुम्ने जिसस प्रमुख तामाङको तर्क छ । जिल्लामा बनेका एककोठे घरले सुखी नेपाली संबृद्ध नेपाल भन्ने नेपाल सरकारको नारालाई समेत धज्जी उडाएको छ ।

देशका नागरिकलाई भुकम्प प्रतिरोधी घरमा राख्ने सरकार र पुननिर्माण प्राधिकरणको अभियानलाई एककोठे घरले गिजाएको विदुर नगरपालिकाका एक वडाअध्यक्षले बताए । प्राधिकरणले एककोठे घरको नक्सासामेत समावेश गरी नमुना सार्वजनिक गरेसँगै नुवाकोटे जनता एककोठे घर बनाएर अनुदान पचाउन उत्साहित देखिएका हुन । प्राधिकरणकै कारण गाउँगाउँमा एककोठे घर बनेको विदुर नगरपालिका वडा नं १२ चारखरेका एक शिक्षकले बताए ।
जिल्लाका अहिले निजि आवास पुननिर्माणको सुचिमा परेर पनि एककोठे घर बनाउने पिडितहरु चिरा परेको घरमा बस्दै आएका छन । उनीहरु बस्दै आएको घर पुर्ण रुपमा ध्वस्त भएको विवरण पिडितहरु स्वयमले भरेका थिए ।

सोही विवरणको आधारमा प्राधिकरणले पिडितहरुलाई नयाँ घर निर्माणको लागि अनुदान रकम लिएको थियो । तर अनुदान रकमको दुरुपयोग भएको स्वयम भुकम्पपिडितहरु बताउँछन । एककोठे घर निर्माण सम्पन्न गरेका बेलकोटगढी नगरपालिकाका सुर्दशन रेग्मीले एककोठे घर बस्नको लागि पनि प्रयोग नहुने र कृषिजन्य उत्पादन राख्न पनि ठाउँ नपुग्ने भएको बताए । उनले सरकारले दिने अनुदान पाउनकै निम्ती आफुले पनि गाउँका अन्यको सिको गर्दै बनाएको बताए । बनेको एककोठे घरमा बीन ठाउँ अभाव हुने र पुरानो घरमा बस्दा सानै भुकम्प आएपनि घर सुरक्षित नरहने प्राविधिकहरुको भनाई छ ।

अहिले बनेका घरमा सुरक्षित साथ बस्नको लागि हामीले भनेका छौ पुननिर्माण कार्यमा खटिएका विदुर नगरपालिका वडा नं ११ का इन्जिनियर मुकुन्द अगस्तीले भने । तर लाभग्राही पुरानै घरमा बसीरहेका छन । जिल्लामा बनेका एककोठे घरले जिल्लाकै स्वरुप र पहिचान समेत हराउँदै जान थालेकोमा सराकारवालाहरुले समेत चिन्ता व्यत्त गरेका छन । एकै घरमा २÷३ लाभग्राही कायम गरेर पनि एककोठे घर बनाउने विकृति भित्रिएको । राष्ट्रिय पूननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यन्वयन इकाई अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार शाखाका अनुसार नुवाकोटले जनाएको छ ।

सुरक्षित घर निर्माणका लागि गाउामा खटिएका खटिएका प्राविधिकले पिडितहरुलाई आवश्यकता र रसुरक्षाको कुरा नगर्दा यस्तो समस्या देखिएको लाभग्राहीहरुले बताएका छन । तर लाभग्राही आफैले समेत सुरक्षाको जानकारी नलिई बनाएको घरले न त देश बन्छ न त जनता नै । यसले भोलिका दिनमा आउने भुकम्पले जनतालाई सुरक्षित गर्न कठिनाई पर्ने निश्चित छ ।