प्रस्तावित राजदूतको सुनुवाइ आज

0
Shares

काठमाडौं । सरकारले प्रस्तावित गरेको राजदूतको सुनुवाइ आज हुँदैछ । फ्रान्सका लागि प्रस्तावित राजदूत दीपक अधिकारी र थाइल्याण्डका लागि राजदूत गणेशप्रसाद ढकालको सुनुवाई आज(बिहीबार) हुने भएको हो ।

सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाई विशेष समितिको बैठक बोलाइएको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद् बैठकले ढकाल र अधिकारीसहित पाँच जनालाई विभिन्न देश तथा नियोगका लागि राजदूत सिफारिस गरेको थियो ।