बस दुर्घटना अपडेट: ४ को मृत्यु, २४ घाइते

0
Shares

काठमाडौं । पर्वतको कुस्मा नगरपालिका – १ मालढुंगामा बस दुर्घटना हुदा ४ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन ।

म्याग्दीको बेनीबाट नारायणगढ तर्फ हिडेको ग १ ख ६१०८ नम्बरको बस बिहान साढे ८ बजे दुर्घटना भएको हो । बस सडकबाट कालीगण्डकी किनारमा पुगेको छ ।

अहिले सम्म घटनास्थलमा ३ जनाको मृत्यु र १ जनाको अस्पतालमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिनुभयो ।

ढकालले भन्नुभयो ‘बसमा सवार ३८ जना रहेको बुझिएको छ । घाइतेहरुको उद्वार भइसकेको छ ।’

घाइतेहरुलाई पोखरा, कुस्मा र बागलुङ्ग तर्फ पठाइएको ढकालले जानकारी दिनुभयो ।