प्रहरी नियमावली संसोधन, अव प्रहरीको बढुवाको बाटो खुल्यो

0
Shares

काठमाडौ(नेस) । सेवा अवधी नपुगेपछि एसएसपी बढुवा रोकिएको लामो समयपछि मन्त्रीपरिषदको आईतबार बसेको बैठकले नेपाल प्रहरीको नियमावली संसोधन गरेको छ । नियमावली संसोधनपछि बढुवामा देखिएको ब्यवधान अन्त्य भएको छ ।

सरकारले यस अघि डिआईजीसम्म बढुवा गरेको भएपनि प्रहरी निरीक्षक देखि प्रहरी नायव महानिरीक्षक सम्मको सेवा अवधी नपुगेको भन्दै बढुवा रोकिएको थियो ।

प्रहरीमा अधिकृत स्तरका कर्मचारीको बढुवाकालागि कम्तीमा ४ बर्ष एउटा पदमा बसेर काम गरेको हुनुपर्ने प्रावधान यस अघिको नियमावलीमा ब्यवस्था गरिएको थियो ।

मन्त्रिपरिषदको बैठकले प्रहरीको अधिकृत तहमा एउटै पदमा तीन बर्ष काम गरेपछि त्यो भन्दा माथिल्लो पदमा बढुवाकोलागि योग्य हुने गरी नियमावली संसोधन गरिएको छ ।

नियमावली संसोधन नहुदा ६ महिनादेखि एसएसपीको बढुवा रोकिएको थियो ।
एसएसपीको बढुवा नहुदा प्रहरी निरीक्षक सम्मको बढुवा रोकिएको थियो । अव एसएसपीको १६ रिक्त पद पुर्तिगर्ने बाटो खुले पछि प्रहरी अधिकृतहरु बढुवाकोलागि दौडधुप बढेको छ ।

अहिले एसएसपीकालागि सन्दिप भण्डारी, टेकप्रसाद राई, बिष्णु केसी श्याम ज्ञवाली लगायतको टोली तीव्र प्रतिस्प्रर्धामा रहेको छ । अहिले एसएसपीमा १ नम्वरमा बढुवा हुने ब्यक्ति नै भावी प्रहरी महानिरीक्षक हुने छन ।